GREATER AUSTIN NEPALI SOCIETY

Austin, TX

USA

Community Activity News

Donate for Nepali Community Center

अब हाम्रो प्राथमिकता - नेपाली सामुदायिक केन्द्र  अनेकतालाई एकतामा बदली एउटै माला नेपाली बनाउन । नेपाली समाजको ईज्जत प्रतिष्ठा, गौरव र सामाजिक आवश्यकता । नेपाली भाषा र संस्कृतिको संरक्षण र संबर्धन । नियमित सम्पर्क कार्यालय । सहयोग संकलनका तरिका: सहयोग रसिद: बिभिन्न टोलमा खटाईएका ब्यक्तिहरु मार्फत, अनलाईन मार्फत: हाम्रो वेवसाईट www.ourgans.org मा गएर donate for Community Center भित्र गएर सहयोग गर्न सकिनेछ र यस समितिको बैंक खाता (Bank of America account number 4880 7817 4425) मा सिघै जम्मा गर्न सक्नु हुनेछ ।  नोट: सहयोगी ब्यक्ति या परिवारको नाम र रकम हरेक हप्ता सोमबार ग्यान्सको फेशबुक पेज र ग्यान्सको ईमेल ग्रुपमा प्रकाशित गरिनेछ । जसले गर्दा कसैको नाम र रकम छुटेको खण्डमा समितिलाई जानकारी गराई समयमैं सच्याउन सकिनेछ । न्यूनतम सहयोग रकम $२५०.०० लाई स्टेण्डर्ड तोकिए पनि यथासक्य सहयोग गर्न कोही पनि नछुट्न हुन अनुरोध गर्दछौं । $१,०००.०० या सो भन्दा बढी दिनेको नाम सामुदायिक भवनमा सिलालेखमा उल्लेख गरिनेछ ।

Read More...

Mass meeting for Nepali Community Center

ग्रेटर अस्टिन नेपाली सामुदायिक केन्द्र निर्माण गर्ने अभियान सुरु गर्ने उद्देश्यले आयोजित भेलामा उपस्थित हुन तपाई सम्पूर्ण महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौं । उक्त कार्यक्रममा यस सन्दर्भमा भएका महत्वपूर्ण प्रगति र योजनाहरु उपर छलफल गरिनेछ । सामुदायिक केन्द्र हामी सबैको साझा आवश्यकता, साझा चासो र सरोकार साथै साझा गौरव र साझा सहभागिताको विषय हो । हामी यस कुराले मात्र पनि धेरै नैं उत्साही भएकाछौं । आउनुस् हामी सबै मिलेर यस महान कार्यलाई सम्पन्न गरौं । Sunday, August 12, 2018  2:30PM Pflugerville Library, 1008 Pfluger St W, Pflugerville, TX 78660  

Read More...

Top 3 Programs of February

यसै महिना ग्रेटर अस्टिन क्षेत्रमा हुन लागेका निम्न ३ महत्वपूर्ण कार्यक्रमहरु कुनैं पनि छुटाउन लायक छैनन् । सबैलाई उपस्थितिका लागी हामी हार्दिक अनुरोध गर्दछौं । (१) नेपाल आइडल लाइभ कन्सर्ट Tomorrow February 14, 6:30pm (Valentine Day) Asian American Resource Center, 8401 Cameron Rd, Austin, TX 78754   (२) एनआरएन अमेरिकाको हेल्प डेस्क महामहिम राजदूत डा. अर्जुन कार्कीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम Date: February 17 Saturday at 12 to 4pm The Bungalows Hotel & Event Center, 1000 S Bell Blvd, Cedar Park, TX 78613   (३) स्वास्थ्य तथा सुरक्षा जागरण कार्यक्रम  सारिरिक तथा मानसिक स्वास्थ्य, स्वास्थ्य र आत्म सुरक्षाका बिषयमा बिशेषज्ञहरु द्वारा प्रशिक्षण Sunday February 25, 2018 at 2pm Wells Branch MUD Recreation Center, 3000 Shoreline Dr, Austin, TX 78728  

Read More...

GANS Annual Assembly

Read More...