GREATER AUSTIN NEPALI SOCIETY

Austin, TX

USA

New GANS Executives

आदरणीय बुबा आमा, दाजु भाई तथा दिदी बहिनीहरु,

नमस्कार!

       दोश्रो गरिमामय सम्मेलनबाट हामीलाई ग्यान्स कार्य समितिको नयाँ टिमको रुपमा सर्बसम्मत निर्वाचित गर्नु हुने र सम्मेलनलाई भब्यतापूर्वक सफल पार्नुहुने तपाई सम्पूर्ण ग्रेटर अस्टिनबासी दाजु भाई दिदी बहिनीहरुमा हार्दिक धन्यवाद् ज्ञापन गर्दै हाम्रो विजयी टिम लगायत यो परदेशमा हुनुपर्ने जस्तै उदाहरणीय सामाजिक एकता प्रदर्शन गर्ने सम्पूर्ण ग्रेटर अस्टिनबासी नेपालीहरु, अग्रज समाजसेवीहरु, निवर्तमान कार्य समिति र निर्वाचन आयोगलाई हार्दिक धन्यवाद सहित बधाई ज्ञापन गर्न चाहन्छौं । हामीलाई फेशवुक लगायत बिभिन्न माध्यमहरुवाट बधाई तथा शुभकामना दिनुहुने तपाई सम्पूर्णलाई एकमुस्ट धन्यवाद दिन चाहन्छौं । हामी मध्ये केहीलाई बिशेष परिस्थितिबस कार्यक्रममा  उपस्थित हुन नसक्ने या अन्तिमसम्म रहन नसक्ने स्थिति भएकोमा क्षेमा याचना गर्दछौं । तपाई जो चाहेर पनि सम्मेलनमा उपस्थित हुन सक्नुभएन, सबैलाई हामीले भावनात्मक रुपमा सँगै आत्मसात गरेकाछौं । हामी निर्वाचितहरु तपाईकै निमित्त प्रतिनिधी  पात्र मात्र हौं, सबैको साथसहयोगले मात्र ग्यान्सको लक्ष पुरा हुने हो । अधिवेशन पूर्व हामीबीच कहीँ कतै जानेर या नजानेर असमझदारीहरू थिए भने पनि यसलाई एउटा पारिवारिक अन्तरक्रिया वा प्रजातान्न्त्रिक प्रकियाको रूपमा सबैले लिनुहुनेछ भन्ने आशा गरेकाछौं । हामी तपाई सबैलाई साथमैं लिएर समाजको हित र समुन्नतीका लागी अग्रसर हुनेछौं । 

 

            - हार्दिक धन्यवाद सहित 

               ग्यान्स कार्य समिति 

Click here for video

Community Activity News View All

तेश्रो अधिवेशन सम्पन्न

ग्यान्स तेश्रो अधिवेशन २०१९ तथा सरस्वती पुजा भब्यतापूर्वक सफल पार्न हर तरहले सहयोग गर्ने प्रमुख अतिथि टेक्सस हाउस रिप्रिजेन्टेटिभ टेरी मेजा, एनएसटी डालसका अध्यक्ष सुमन थापा, एनआरएन टेकेसस च्याप्टरका महासचिव…

Read More...

Gans Nepali Pathshala & Bhanu Jayanti

Read More...

Community Discussion Forum

Let's celebrate 'Nepali New Year 2076' with Picnic' games, music and more!
View All View All Discussion Board Post

Post Your Comment here..