GREATER AUSTIN NEPALI SOCIETY

Austin, TX

USA

PRESIDENT MESSAGE

Bhojraj Bhatta

President

धन्यवाद ज्ञापन । 
सर्बप्रथम गे्रटर अष्टिन नेपाली सोसाइटी ग्यान्स को तेस्रो अधिबेशन मार्फत मलाई सर्बसम्मत रुपमा अध्यक्षमा चयन गर्नुभएकोमा सम्पुर्ण अष्टिनवासी नेपाली दाजुभाई दिदिबहिनीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु । तपाई हामी सबैको सहयोगले नै संस्था सफल हुने हो । संस्थामा लिन भन्दा पनि समाजका लागी केहि दिनका जाने हो त्यही भएर आफुले जानेको सकेको र तपाइहरु सबैको साथ सपोर्ट र सल्लाहलाई साथमा लिएर अष्टिनवासी नेपालीहरुका लागी सकारात्मक काम गर्ने जोश र जांगरका साथ आएको छु । विश्वास छ सम्पुर्ण अष्टिनवासी दाजुभाई दिदिबहिनीहरुले म र मेरो सिंगो टिमलाई रचनात्मक साथ सल्लाह र उत्साह प्रदान गर्नुहुनेछ । अष्टिनमा नेपाली सामुदायीक केन्द्र स्थापना, नेपाली भाषा संस्कारको जगेर्णा लगायत दोश्रो पुस्ताका नेपाली भाइ बहिनीहरुका लागी पनि केहि रचनात्मक कार्य गर्ने अठोटका साथ अगाडी बढेको म लगायत हाम्रो ग्यान्सको नयां कार्यसमितीलाई तपाइहरु सबैको साथ चाहिएको छ । आगामी दुई वर्ष म लगायत हाम्रो टिमलाई आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुनेछ भन्ने बिश्वासका साथ ग्यान्सको तेस्रो अधिबेसन सफल बनाउन लागि पर्ने तथा अधिबेसनमा सहभागीता जनाउनुहुने सम्पुर्णमा हार्दिक आभार प्रकट गर्दछु । 
धन्यवाद
भोजराज भट्ट
अध्यक्ष 
ग्रेटर अष्टिन नेपाली सोसाइटी

 

Community Activity News View All

तेश्रो अधिवेशन सम्पन्न

ग्यान्स तेश्रो अधिवेशन २०१९ तथा सरस्वती पुजा भब्यतापूर्वक सफल पार्न हर तरहले सहयोग गर्ने प्रमुख अतिथि टेक्सस हाउस रिप्रिजेन्टेटिभ टेरी मेजा, एनएसटी डालसका अध्यक्ष सुमन थापा, एनआरएन टेकेसस च्याप्टरका महासचिव…

Read More...

Gans Nepali Pathshala & Bhanu Jayanti

Read More...

Community Discussion Forum

Let's celebrate 'Nepali New Year 2076' with Picnic' games, music and more!
View All View All Discussion Board Post

Post Your Comment here..