GANS Election : May 24, 2026 || General Convention : May 31, 2026

Greater Austin Nepali Society
Greater Austin Nepali Society
  • Home
  • Announcements
  • Donors
  • Bylaws
  • Membership
  • Member List
  • Our Team
  • Events
  • Hall Booking
  • Financial 2024
  • Financial 2025
  • 2025 Annual Financial
  • About Us
  • Temple and Priests
  • Classified
  • Gallery
  • Contact
  • Passport Application
  • More
    • Home
    • Announcements
    • Donors
    • Bylaws
    • Membership
    • Member List
    • Our Team
    • Events
    • Hall Booking
    • Financial 2024
    • Financial 2025
    • 2025 Annual Financial
    • About Us
    • Temple and Priests
    • Classified
    • Gallery
    • Contact
    • Passport Application
  • Sign In
  • Create Account

  • My Account
  • Signed in as:

  • filler@godaddy.com


  • My Account
  • Sign out

Signed in as:

filler@godaddy.com

  • Home
  • Announcements
  • Donors
  • Bylaws
  • Membership
  • Member List
  • Our Team
  • Events
  • Hall Booking
  • Financial 2024
  • Financial 2025
  • 2025 Annual Financial
  • About Us
  • Temple and Priests
  • Classified
  • Gallery
  • Contact
  • Passport Application

Account

  • My Account
  • Sign out

  • Sign In
  • My Account

Membership Type Calculator

GANS Election 2026 - File for Candidacy

Special Announcement Related to Upcoming Election


ग्यान्स निर्वाचन आयोग २०२६ को सूचनाः

*******************************

ग्यान्स निर्वाचनका सन्दर्भमा निम्न कुराहरु स्पस्ट पार्न चाहन्छौंः

(१) उम्मेदवारी दर्ता निम्नानुसार पदमा विधान बमोजिम उम्मेदवारी आब्हान गरिन्छः 

कार्य समितिः 

अध्यक्ष तथा बोर्ड अफ ट्रस्टी सदस्य सचिव १, 

बरिष्ठ उपाध्यक्ष तथा बोर्ड अफ ट्रस्टी सदस्य १, 

महिला उपाध्यक्ष तथा बोर्ड अफ ट्रस्टी सदस्य १, 

उपाध्यक्ष तथा बोर्ड अफ ट्रस्टी सदस्य १, 

महासचिव तथा बोर्ड अफ ट्रस्टी सहायक सदस्य सचिव १, सचिव तथा बोर्ड अफ ट्रस्टी सदस्य १, 

कोषाध्यक्ष तथा बोर्ड अफ ट्रस्टी सदस्य १ र 

सदस्य तथा बोर्ड अफ ट्रस्टी सदस्य ४ गरी जम्मा ११ जना आम ग्यान्स सदस्यहरू साधारण, आजिवन तथा ट्रस्टी सदस्यहरु) को मतबाट निर्वाचित हुने छन् । 

(स्मरण रहोस्ः कार्य समितिले आवश्यक परे थप ६ जना सम्म सदस्य पछि मनोनयन गरी १७ सदस्यीय सम्मको समिति बनाउन सकिनेछ । )

बोर्ड अफ ट्रस्टी (संचालक समिति)ः

प्रमुख १, उप प्रमुख १ र ६ सदस्यहरू गरी ८ जना आम ट्रस्टी सदस्यहरूको मतबाट निर्वाचित हुनेछन् । यसरी ११ जना आम सदस्यहरूको मतबाट र ८ जना आम ट्रस्टीहरूको मतबाट गरी १९ सदस्यीय बोर्ड अफ ट्रस्टी निर्वाचित हुनेछ । 

(स्मरण रहोस्ः यसको बैठकले आवश्यकताका आधारमा ६ जना सम्म मनोनित गरी बढीमा २५ सदस्यीय सम्मको बोर्ड अफ ट्रस्टी (संचालक समिति) हुनेछ ।)

(२) दर्ता गर्ने समयः उम्मेदवारी दर्ता अप्रिल १२, २०२६ आईतवार साँझ ९ बजे सम्ममा तोकिएको शुल्क greateraustinnepalisociety@gmail.com मा Zelle या कुनैं माध्यमबाट संस्थाको खातामा जम्मा गराई तलको आवेदन फर्म भरी टेक्सस आईडी सम्लग्न गरी mailto: ganselection@gmail.com मा ईमेल गरिसक्नु पर्ने छ । उम्मेदवारको योग्यताका बारेमा विधान https://ourgans.org/bylaws अध्ययन गर्नु होला । आबेदन प्राप्त भए पछि हामी कुनैं कुरा कमी भए सच्याउनका लागी सहयोग गर्न समयमा फोन सम्पर्क या ईमेल गर्ने कोसिस गर्नेछौं र प्रकृया पुगेपछि एप्रिल १२ राती ९ बजे पछि ईमेल मार्फत उम्मेदवारी सदर या बदर भएको जानकारी गराउनेछौं । कुनैं प्रश्न भए ganselection@gmail.com मा ईमेल गर्नु होला । 

(३) उम्मेदवारी शुल्कः बोर्ड अफ ट्रस्टी प्रमुख तथा उप प्रमुख र अध्यक्षका लागी $1,000, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षका लागी $500 र बाँकी सबै सदस्यका लागी $300 । उम्मेदवारको शुल्क एक पटक उम्मेदवारी सदर भए पछि फिर्ता लिए पनि शुल्क चाही कुनैं हिसावले फिर्ता हुने छैन ।

(४) विधान बमोजिम सबै जनाको एउटा सिंगो टिम खडा गरी सिंगो टिमको रुपमा एउटै आवेदनबाट दर्ता गर्न सकिने छ या ब्यक्तिगत रुपमा स्वतन्त्र उम्मेदवार दर्ता गर्न सकिने छ ।

(५) उम्मेदवार उपर दावी विरोध र उम्मेदवारी फिर्ता गर्ने अन्तिम समयः अप्रिल १५ साँझ ९ बजेसम्म । 

(६) उम्मेदवारको अन्तिम नामावली प्रकाशनः अप्रिल १६ ।

(७) निर्वाचनः ग्यान्स सेन्टरमा मे २४, २०२६ आईतबार,

     समयः बिहान ७ बजे देखि साँझ ७ बजे सम्म । 

     मतदान पछि तुरुन्तै गणना सुरु गरिने छ । 

(८) ग्यान्स छैठौं अधिवेशन मे ३१, २०२६ आईतबार ३ बजेबाट हुने छ जहाँ निर्वाचितहरुलाई सपथ ग्रहण र पुरानो समितिका कामहरुको प्रतिवेदन छलफलका लागी प्रस्तुत गरिने छ ।


हार्दिक धन्यवाद सहित

ग्यान्स निर्वाचन आयोग २०२६

Announcements

Special Announcement Related to Upcoming Election

ग्रेटर अस्टिन नेपाली सासाइटी
निर्वाचन आयोग, छैठौं अधिवेशन २०२६
सूचना

मितिः फेब्रुअरी २१, २०२६


ग्यान्सको आगामी नयाँ नेतृत्वका लागी निर्वाचन मे २४ आईतवार, २०२६ र छैठौं अधिवेशन मे ३१ आईतवार, २०२६ मा हुने तय गर्दै यसका लागी श्री प्रदुम्न श्रेष्ठ प्रमुख र श्री धर्मानन्द गौतम तथा श्री सुनील सिटौला सदस्य रहेको ३ सदस्यीय निर्वाचन आयोग गठन गर्ने निर्णय ग्यान्स ट्रस्टी भेलाबाट समेत अनुमोदित भई सार्वजनिक भैसकेको छ । 

यस गहन जिम्मेवारीका लागी हार्दिक धन्यवाद सहित यस जिम्मेवारीलाई हामी ग्यान्स विधान, परम्परा र आवश्यकताका आधारमा निर्वाह गर्ने प्रतिवद्धता ब्यक्त गर्दछौं ।
ग्यान्स निर्वाचन तथा अधिवेशनका बारेमा निम्न कुराहरु प्रति यहाँहरुको विशेष ध्यानाकर्षण गर्न चाहन्छौंः

(१)  ग्यान्सका पुराना आजीवन तथा ट्रस्टी सदस्यहरुको लिष्ट https://ourgans.org/member-list वेवसाईटमा उपलब्ध छ । आफ्नो नाम चेक गरेर छुटेको या सच्याउनु पर्ने भए ग्यान्स नेतृत्वसित समयमा सम्पर्क गर्नु होला ।

(२)  ग्यान्स विधान https://ourgans.org/bylaws ग्यान्सको वेवसाईटमा उपलब्ध छ । ग्यान्स निर्वाचन र अधिवेशन बारे राम्ररी बुझ्न विधान अध्ययन गर्नु होस् । 

(३)  ग्यान्स विधान भाग १० (ख) को ४ र ५ मुताविक यस निर्वाचनमा सहभागी हुन नयाँ सदस्य बन्न सकिने अन्तिम मिति यो सूचना प्रकाशित भएको मितिले १ महिना अर्थात मार्च २३, २०२६ सम्म तोकिएको छ । सदस्यहरुको लिस्ट या मतदाता नामावली मार्च २७, २०२६ मा प्रकाशित गरिने छ र यसमा रुजु गरी गल्ती सच्याउने समय उपलब्ध गराइ अन्तिम नामावली प्रकाशन अप्रिल ५, २०२६ मा गरिनेछ । 

(४)  ग्यान्समा ट्रस्टी सदस्य, आजीवन सदस्य र साधारण सदस्य गरी ३ किसिमका सदस्यहरु हुन्छन् ।
* सामुदायिक तथा आध्यात्मिक केन्द्रका लागी $5,000 या माथि चन्दा दान गर्ने ट्रस्टी परिवारका सबै योग्यता पुगेकाहरु आवेदन फर्म भरेर ट्रस्टी सदस्य बन्न सकिन्छ ।
* त्यस्तै $350 चन्दा दान गर्ने ब्यक्तिलाई सदस्यता आवेदन फर्म भरेर आजीवन सदस्य बन्न सक्ने प्रायोजन छ ।
* एक कार्य कालका लागी $100 शुल्क तिरेर ग्यान्सको साधारण सदस्यताका लागी आवेदन दिन सकिन्छ ।
* साधारण, आजीवन र ट्रस्टी सदस्यलाई मात्र कार्य समिति छान्न मतदान गर्ने अधिकार हुन्छ भने संचालक समिति या बोर्ड अफ ट्रस्टी छान्ने अधिकार ट्रस्टी सदस्यहरुलाई मात्र हुन्छ । उम्मेदवार हुन पाउने मापदण्डका लागी विधान हेर्नु होला । यस बारे विस्तृत रुपमा पछि अर्को सूचनामा प्रस्तुत गरिने छ । 

(५)  उम्मेदवारी दर्ता अप्रिल १० देखी अप्रिल १२, २०२६ सम्म । यस पछिका बाँकी कार्यक्रमहरु तथा निर्वाचन आचारसंहिता लगायतको विस्तृत विवरण पछि प्रकाशित गरिनेछ ।

(६)  निर्वाचन आयोग सँग सम्वन्धित सम्पूर्ण तपाईका सुझाव तथा सम्पर्कका लागी ganselection@gmail.com मा सम्पर्क गर्नु होला । 

हार्दिक धन्यवाद सहित
निर्वाचन आयोग, ग्यान्स छैठौं अधिवेशन २०२६

Membership Application Form

Download PDF

Copyright © 2023 Greater Austin Nepali Society - All Rights Reserved.

Powered by

  • Events
  • Hall Booking

This website uses cookies.

We use cookies to analyze website traffic and optimize your website experience. By accepting our use of cookies, your data will be aggregated with all other user data.

Accept