Signed in as:
filler@godaddy.com
Signed in as:
filler@godaddy.com
आदरणीय जन समुदाय,
हामी अमेरिकी भुमीमा नेपाली सामुदायिक केन्द्र जहाँ श्री पशुपतिनाथ र बुद्धको मन्दिर दर्शन गर्न पाउने दिनको बहुत नजिक आई पुगेका छौं यहाँहरुकै सहयोग र सद्भावका कारण ।
तर अझै पनि समुदायका तपाईहरु धेरै यो पुण्य कार्यमा जोडिन छुटिरहनु भएको छ भने सकेको सहयोगका हात बढाई दिएर हैंसेमा होस्ठे गरेर यस समुदायको सपना योजना सफल पारि दिनु हुन अनुरोध गर्दछौं ।
सहयोग गर्ने तरिकाः
आफ्नो सुबिधा अनुसार जति पनि आर्थिक, भौतिक सामग्री सहयोग गरेर र श्रमदान गरेर ग्रेटर अस्टिन नेपाली सामुदायिक तथा सांस्कृतिक केन्द्र लाई गर्न सकिने छ । सहयोग Zelle transfar बाट greateraustinnepalisociety@gmail.com मा या हामीलाई सम्पर्क गरेर नगद, चेक या मनी अर्डर दिन सक्नु हुनेछ
1. आजीवन सदस्य र ट्रष्टीः
कमसेकम $250.00 सबैले सहयोग गरेर आजीवन सदस्य बन्न पाउने अबसर लिन र सकेसम्म ट्रष्टी बनेर सहयोगका हात अघि बढाउन अनुरोध गर्दछौं । ट्रष्टीको सहयोग रकम $3,400.00 हो । हाम्रो बिधानले ट्रष्टीलाई बिशेष अधिकार र सम्मान प्रदान गरेको छ । हालसम्म हामीसित २२१ परिवार ट्रष्टी बन्नु भएको छ ।
2. गोल्ड लेबल डोनरः $10,000.00 सहयोग गर्ने चन्दादाता स्वर्णिम चन्दादाता हुन्छन्, जसमा २ परिवार Prem Kumar & Kabita Shrestha $16,002.00 र Everest & Debu Thapa $10,111.00 हुनुहुन्छ ।
3. प्लाटिनम लेवल डोनरः $25,000.00 सहयोग गर्ने चन्दादाता प्लाटिनम लेवल डोनर हुन्छन्, यसमा Nirmal Kumar & Beena Shrestha $25,203.00 हुनु हुन्छ ।
। कृपया यो पुण्य कार्यमा सहयोग गर्न कोही पनि नछुटौं ।
हल बुक गरेर प्रयोग गर्नेः
तपाईका स्याना देखि ठुला पारिवारिक भेला भोजका लागी यसको प्रयोग गर्न सक्नु हुनेछ । बुक गर्नका लागी ग्यान्सका महासचिव बिदुर खतिवडालाई (512) 964-0776 मा सम्पर्क गर्नु होला ।
तपाईका कुनैं प्रश्न, सल्लाह, सुझाव दिनका लागी हाम्रो ईमेल greateraustinnepalisociety@gmail.com प्रयोग गर्न अनुरोध गर्दछौं । हार्दिक धन्यवाद सहित ।
– ग्रेटर अस्टिन नेपाली सामुदायिक तथा आध्यात्मिक केन्द्र संचालक समिति
Copyright © 2023 Greater Austin Nepali Society - All Rights Reserved.
Powered by GoDaddy
We use cookies to analyze website traffic and optimize your website experience. By accepting our use of cookies, your data will be aggregated with all other user data.