ग्यान्सको पाँचौं सम्मेलन - Sunday April 28, 2024 at 1 PM
ग्यान्सको पाँचौं सम्मेलन - Sunday April 28, 2024 at 1 PM
Signed in as:
filler@godaddy.com
ग्रेटर अस्टिन निवासी सम्पूर्ण आदरणीय सदस्य महानुभावहरु, हार्दिक स्वागत तथा नमस्कार । हामी
अहिले ग्यान्सको महत्वपूर्ण परियोजना श्री पशुपतिनाथको मन्दिर निर्माणको अन्तिम चरणमा छौं र यसको उद्घाटनको तयारीमा छौं साथै यसको लगत्तै ग्यान्सको सम्मेलन गर्ने तयारीमा छौं । तसर्थ यी सबै कामहरुमा यहाँहरुको उत्साहवर्धक सहयोगको अपेक्षा हामीले राखेका छौं । ग्यान्स कार्य समिति र संचालक समितिको गत November 19, 2023 का दिन सेन्टरमा बसेको संयुक्त बैठकले गरेका निर्णयहरु यस प्रकार रहेका छन्ः
१. मन्दिरको उद्घाटनः करिव सम्पन्न हुन लागेको श्री पशुपतिनाथको मन्दिरका बाँकी केही कामहरुलाई सम्पन्न गरेर मुर्तीहरुको प्राण प्रतिष्ठा गरी समुदघाटन -Inauguration_ March 8 Friday 2024 आउदो सिवरात्रीका दिन भब्यतापुर्वक पूर्ण तयारीका साथ गर्ने निर्णय भएको छ ।
२. आर्थिकः आर्थिक अभाव हुन नदिन आर्थिक सहयोग संकलनमा बिशेष जोड दिने । घरदैलो र अन्य सम्पर्कका माध्यमहरु बाट सकृयता बढाएर सदस्यता दर्ता र आर्थिक संकलन संगसंगै प्रभावकारी बनाउने ।
३. संस्थापकको मान्यताः मन्दिर उद्घाटन अघि बनेका सबै सदस्य र ट्रष्टीहरु आजीवन संस्थापक सदस्य र संस्थापक ट्रष्टी परिवार बन्नेछन । Inauguration March 8 Friday 2024 सिवरात्रीका दिन कार्यक्रम स्थलमा संस्थापक सदस्य र ट्रष्टीको अन्तिम नामावली घोषणा गरिनेछ । पुरानो बाँकी बुझाउन नसक्ने ट्रष्टीहरुको हकमा वहाँहरुलाई ट्रष्टी नभएर चन्दादाताको लिष्टमा सारिनेछ । संस्थापक ट्रष्टीको नाम लिष्ट हामीले पहिला बाचा गरे बमोजिम सिलालेख या ताम्र पत्रमा स्थायी रुपमा राखिनेछ ।
४. ग्यान्सको पाँचौं सम्मेलनः ग्यान्सको पाँचौं सम्मेलन April 21 Sunday2024 का दिन 2 बजेबाट सेन्टरमा भब्यताका साथ सम्पन्न गर्ने निर्णय भएको छ । मन्दिर निर्माणको काममा देखा परेका जटिलताका कारण मन्दिर उदघाटन र ग्यान्सको सम्मेलन निर्धारित समयमा गर्न नसकी केही ढिलाई हुन गएको प्रति हामी क्षेमाप्रार्थी छौं । मन्दिर सम्पन्न गरेर सम्मेलन गर्ने हाम्रो पुर्व योजना मुताविक निर्धारित समयमा मन्दिर सम्पन्न हुन नसक्दा बाध्य भएर भविष्यमा नजिर नबन्ने गरी सम्मेलनको मिति अलिक पर सरेको छ ।
सम्मेलनसित सम्बन्धित निम्न निर्णयहरु भएका छन् ।
(क) निर्वाचन आयोगः सम्मेलनलाई भब्य र सब्य रुपमा सम्पन्न गराउन आफ्नो भुमिकाका लागी गेहेन्द्र केसी प्रमुख र देवराज न्यौपाने, प्रदुम्न श्रेष्ठ, कला उप्रेती र पदम ठकुराठी सदस्य रहेको ५ सदस्यीय निर्वाचन आयोग गठन गरिएको छ ।
(ख) बिधान समितिः ग्यान्सको बिधानको ब्याख्या गर्न र बिधानमा केही संशोधनको आबश्यकता भएमा त्यसको अध्ययन, सुझावहरुको संकलन र छलफलबाट सम्मेलनमा संशोधन प्रस्ताव तयार गरी प्रस्तुत गर्न बिध्यमान बिधान समितिलाई नैं निरन्तरता दिने गरी अनुमोदन गरिएको छ, जसमा डा. कमल अधिकारीको संयोजकत्वमा संचालक समितिका सबै सदस्यहरु रहनु भएको छ ।
(ग) सदस्यताः ग्रेटर अस्टिन क्षेत्रमा (अस्टिन वरीपरी बिधानले तोकेका १९ वटा काउन्टी) स्थायी रुपमा बसोबास गर्ने १८ बर्ष पुगेका सबै नेपाली मुलका नेपाली भाषीले संस्थालाई या संस्थाको सामुदायिक केन्द्र (मन्दिर) लाई $250.00 दान गरेकाले या दान गरेर सदस्यताको फर्म कागजमा या अनलाईन भरेर सदस्यता दर्ता गराउन सक्छन् । यस कामलाई सुब्यबस्थित गर्ने कामको नेतृत्व गर्ने जिम्मेवारी निरोज मानन्धर, बिदुर खतिवडा र बिनोद दाहाललाई दिईएको छ ।
(घ) प्रतिवेदन तयारीः सम्मेलनमा छलफल र निर्णयार्थ प्रस्तुत गरिने संचालक समिति र कार्य समितिका आर्थिक तथा कामका सबै प्रतिवेदनहरु तयार गरी समिति भित्र राम्ररी छलफल गराई समितिको निर्णय पछि सम्मेलनमा प्रस्तुत गरिनेछ ।
आदरणीय सदस्य महानुभावहरु, हामी सबै नेपालीको गौरवको आयोजना ग्रेटर अस्टिन नेपाली सामुदायिक तथा आध्यात्मिक केन्द्रका लागी अहिले सम्म आर्थिक सहयोग जम्मा $939,495.12 संकलन भएको छ र कबुल रकम $1,150,207.75 छ । सबै सहयोगी मन र हातहरुलाई हामी नमन गर्दछौं ।
सहयोग कसरी गर्ने?
आफ्नो सुबिधा अनुसार जति पनि आर्थिक, भौतिक सामग्री सहयोग गरेर, श्रमदान गरेर, सल्लाह सुझाव र सहभागी भएर ग्रेटर अस्टिन नेपाली सामुदायिक तथा सांस्कृतिक केन्द्रलाई मद्दत गर्न सकिन्छ । आर्थिक सहयोग Zelle transfer बाट greateraustinnepalisociety@gmail.com मा या हामीलाई सम्पर्क गरेर नगद, चेक या मनी अर्डर दिन सक्नु हुनेछ । कृपया यो पुण्य कार्यमा सहयोग गर्न कोही पनि नछुटौं ।
1. आजीवन सदस्य र ट्रष्टीः हरेक परिवारलाई सक्नु हुन्छ भने सकेसम्म मन्दिरको उदघाटन (March 8 Friday 2024) अघि संस्थापक ट्रष्टी परिवारमा दर्ज हुन र हरेक १८ बर्ष माथिकालाई संस्थाको संस्थापक आजीवन सदस्यतामा दर्ज हुन हाम्रो हार्दिक आग्रह छ । सकेसम्म हामीले कसरी सबैलाई समेट्न सकिन्छ भनेर सहज र सरल बनाउने प्रयास गरेका छौं । $3,400.00 सहयोग दान गरेर ट्रष्टी परिवार बन्न सकिन्छ । तर हामीले हाललाई ट्रष्टी बन्न $3,400.00 एक्कै पटक बुझाउन गाह्रो भएमा कमसे कम $1,000.00 सहयोग गरेर पहिलो बर्ष र दोश्रो बर्ष बाह्र सय डलरका दरले 2 बर्षमा चुक्ता गर्न सकिने ब्यबस्था मिलाईएको छ । सदस्यताको लागी छुट्टै शुल्क बुझाउन पर्दैन, डोनेशन बाटै एक जनाको $250.00 का दरले हिसाव गर्न सकिन्छ । ट्रष्टी एकाघर परिवार हुन्छ, परिवारका सदस्यहरु ट्रष्टी सदस्य हुन्छन् । हाम्रो बिधानले ट्रष्टीलाई बिशेष अधिकार र सम्मान प्रदान गरेको छ । ग्यान्सको नेतृत्व (कार्य समिति सचिवालय या सामुदायिक केन्द्र संचालक समितिको नेतृत्वमा) निर्वाचित हुन या मनोनित हुन न्युनतम योग्यता ट्रष्टी भएको हुन पर्नेछ ।
2. गोल्डन डोनर ट्रष्टीः $10,000.00 या माथि सहयोग गर्ने चन्दादाता गोल्डन डोनर ट्रष्टी हुन्छन् । यसमा पनि कमसेकम $5,000.00 दिएर बाँकी एक बर्षमा बुझाउन सकिने छ ।
3. प्लाटिनम लेवल डोनर ट्रष्टीः $25,000.00 या माथि सहयोग गर्ने चन्दादाता प्लाटिनम लेवल डोनर ट्रष्टी हुन्छन् । यसमा पनि कमसेकम $15,000.00 दिएर बाँकी एक बर्षमा बुझाउन सकिने छ ।
4. डायमंड डोनर ट्रष्टीः कमसेकम $50,000.00 या माथि सहयोग गर्ने चन्दादाता डायमण्ड लेवल डोनर ट्रष्टी हुन्छन् ।यसमा पनि कमसेकम $30,000.00 दिएर बाँकी एक बर्षमा बुझाउन सकिने छ ।
5.मन्दिर उदघाटन अघि तोकिएको समय भित्रका सहयोगी सबै संस्थापक सहयोगी हुन्छन् । हामीले खासगरी किस्ताबन्दीमा ट्रष्टी बन्नु भएका महानुभावहरुलाई पुरानो बाँकी बुझाई दिनु हुन अनुरोध गर्दै जनवरी अन्तिम सम्मको टाईम लाईन तोकेका थियौं । जो भखरै ट्रष्टी बन्नु भएको छ वहाँहरुले यसमा चिन्ता गर्नु परेन । तर एउटा प्रतिज्ञा पत्र जस्तो फर्म भराएर नाम समावेश गर्ने संचालक समितिको निर्णय छ । उक्त फर्म यही पोष्टमा तल पाउनु हुनेछ । कृपया तलको फर्म भरेर पठाई दिनु होला । $3,400.00 पेड अफ हुन बाँकी सबैले यो फर्म भर्नु पर्ने हुन्छ, जसका आधारमा हामी संस्थापक ट्रष्टीको अन्तिम नामावली तयार गर्नेछौं र सिला लेख या स्थायी बोर्डमा लेख्नेछौं ।
Please make your donation via Zelle greateraustinnepalisociety@gmail.com or use QR code icon displayed.
We also accept PayPal
We use cookies to analyze website traffic and optimize your website experience. By accepting our use of cookies, your data will be aggregated with all other user data.